२५ अप्रिल २०२६ मा मौजा विजयपुर समाजका कार्य समिति र सदस्यज्युहरुले सुशी मोटो रेस्टुरेन्ट, अल्डरसटमा बसेको साधारण बैठकमा उल्लेखित भएका र निर्णय लियियेका बुँदाहरु यस प्रकार छन् |
उपस्थिति :
१. डम्बर गुरुङ
२. खुमराज गुरुङ
३. बिर काजि गुरुङ
४. दीपक गुरुङ
५. टिकाराम गुरुङ
६. धन गुरुङ
७. बिन्दुराज गुरुङ
८. पुर्न गुरुङ
९. थमन गुरुङ
१०. रेशम गुरुङ
११. ओम गुरुङ
१२. त्रिबिनराज गुरुङ
अपोलोजी :
१. बिल बहादुर गुरुङ
२. इन्द्र कुमार गुरुङ
३. निरजंग गुरुङ
४. यम गुरुङ
५. टंक प्रसाद गुरुङ
माइन्युट :
१. बैठकको प्रारम्भ ११:३० बजे बिहान अध्यक्ष डम्बर गुरुङज्युले सभाको सभापतित्तव गर्नु हुँदै उपस्थित सबैलाई स्वगात गर्नु भयो र उपस्थिति जनाउनु भएकोमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो। सचिबज्युलाई बैठकलाई अगाडी बढाउन अनुमति दिनु भयो।
२. मिडिया सचिब पुर्न गुरुङज्युले यस बर्षको समाजको वेबसाइट संयोजन अध्यक्ष डम्बर गुरुङज्युले गर्नु भएको पुस्टि दिनु भयो I सो वेबसाइट नबिकरण ३१ जनवरी २०२७ सम्म रहने र त्यस पछिको संयोजन सल्लाहाकार खुम गुरुङज्युले गर्नु हुने पुस्टि पनि दिनु भयो I आफु वेबसाइट बिज्ञ नभएको र आफुले जानेको साधार ज्ञानबाट समाजको वेबसाइट आफुले चलाएको हुँदा वेबसाइट साधारण रहेको बताउनु भयो I वेबसाइटमा समाजको बारे कुनै पनि खबरहरु , संदेशहरु र फोटो विडियोहरु राख्नु परे वहाँलाइ वहांको फोन नुम्बरमा फोन गरि र text पठाई सम्पर्क गर्नु हुन अनुरोध गर्नु भयो। समाजको वेबसाइट www.maujabijayapur.org.uk रहेको पुस्टि दिनु भयो।
३. कोष अध्यक्ष दीपक गुरुङज्युले समाजको बार्षिक आय व्यय प्रिन्ट कापी देखाउनु हुँदै आजको दिनमा समाजको खातामा £१२०७८.९७ रहेको पुस्टि दिनु भयो। वहाँले यस बर्ष हुने पार्टी हललाइ £१००० अग्रिम बूकिंग रकम तिरी सकेको पुस्टि पनि दिनु भयो।
४. नेपाल अछ्य कोष संयोजक ओम गुरुङज्युले अछ्य कोष बचत खातामा ने रु १६००००० , १ बर्षको लागि ५% ब्याजमा प्राइम लिमिटेड बैंकमा जमा भएको पुस्टि दिनु भय। सो हि कोषको २ वोटा चल्ती खाता रहेको र चल्ती खाता १ मा ने रु ४३६००० र चल्ती खाता २ मा ने रु २१२८७८ रहेको पुस्टि दिनु भयो। यस खाता हरुको बारेमा बिस्तृत जानकारी पनि दिनु भयो र यी दुइ चल्ती खाता लाइ एक बनाउने सल्लाहा पनि दिनु भयो। वहाँले हिमालयन मा. बि. बिद्यालयले २ वोटा प्रस्ताव राख्नु भएको विवरण पेश गर्नु भयो :
प्रस्ताव१ : बिद्यालयको इन्टरनेट सरकारबाट प्राप्त भएता पनि त्यति राम्रो नभएको र राम्रो इन्टरनेट जडानको लागि मासिक ने रु १०००० बिद्यालय लाइ चाहिने।
प्रस्ताव२ : बिद्यालयको कम्प्युटर ल्याबमा रहेको कम्प्युटरहरु सबै खराब भएको र त्यस ल्याबको लागि २ प्रति डेस्क टप कम्प्युटर र १ प्रति ल्यापटप चाहिने। ५. वहाँले आफ्नो व्यक्तिगत प्रस्ताव पेश गर्नु भयो।
प्रस्ताव३ : बिद्यालयमा बिद्यार्थी हरेक बर्ष कम हुँदै गएको र यहि क्रम जारि हुने हो भने आउने ४/५ बर्षमा बिधालय बन्द हुने डर भएको। यदि बिद्यालय बन्द भए अछ्य कोषको सबै रकम सरकार मा जाने संदेश दिनु भयो। यसलाइ जोगाउन हाम्रो समाजले किन एउटा १ बर्षको परीक्षण अवधि राखी टाढा बाट आउने बिद्यार्थीलाइ निसुल्क गाडीको व्यवस्था गर्ने जसको अनुमानित रकम १ बर्षको ने रु १२०००० लाग्ने जानकारी दिनु भयो।
६. चेली पूनम गुरुङज्युको प्रस्ताव ओम गुरुङज्युले प्रस्तुत गर्नु भयो।
प्रस्ताव४ : पूनम गुरुङ ज्युले आफ्नो चेली गाउँहरुमा आफ्नो स्वर्गीय बाबाको सम्झनामा २ दिने क्यान्सर सिबिर बिज्ञ प्रसिक्सकहरु लागि चलाउने जसमा वहाँ लाइ नैतिक , भौतिक र आर्थिक सहयोग चाहिन सक्ने हुँदा समाजको तर्फाबाट कुनै पनि प्रकारको सहयोग गर्नु हुन अनुरोध गर्नु भएको छ।
७. अध्यक्ष डम्बर गुरुङज्युले आफ्नो प्रस्ताव पेश गर्नु भयो।
प्रस्ताव५ : समाजको बिधान वहाँले संसोधन गरि सक्नु भएको, नेपाल अछ्य कोषको विवरणहरु पनि अपडेट गरि सक्नु भएको र सदस्य / चेलीहरुको नाम लिस्ट पनि अपडेट भइ सकेको पुस्टि दिनु भयो। यी सबै विवरणहरु एकै पुस्तक बनाइ नेपालमा १०० प्रति प्रिन्ट गर्ने र सकेसम्म आउने बार्षिक पार्टीमा सबै सदस्यहरु एक एक प्रति वितरण गर्ने।
८. निर्णयहरु :
- बैठकले प्रस्ताव १ पास गरेको छ। मासिक ने रु १०००० नेपालको चल्ती खाताबाट प्रदान गरिने छ।
- बैठकले प्रस्ताव २ पास गरेको छ। बिद्यालयलाई ने रु १५०००० को बजेट प्रदान नेपालकै चल्ती खाता बाट गरिने छ।
- बैठकले प्रस्ताव ३ पास गरेको छ। ओम गुरुङज्युले यसको संयोजन गर्नु हुने छ।
- बैठकले प्रस्ताव ४ पास गरेको छ। ओम गुरुङज्यु पूनम गुरुङज्युको सम्पर्कमा रहने छ। समाजले आर्थिक सहयोग यस बर्ष पार्टीमा राफल ड्रामा उठेको सबै रकम पूनम गुरुङज्युलाई दिने निर्णय गरिएको छ।
- बैठकले प्रस्ताव ५ पास गरेको छ। अध्यक्ष डम्बर गुरुङज्युले यसको जिम्मा लिनु भएको छ। सबै विवरणहरु समाजको वेबसाइटमा पनि अपडेट गरिने छ।
- बैठकले नेपालको चल्ती खातामा आउने बार्षिक ब्याज रकम सबै खर्चहरु काटी बाँकी भएको रकम बचत खातामा जमा गर्दै जाने निर्णय लिएको छ।
- बैठकले इन्द्र कुमार गुरुङ ज्युलाई पार्टी संयोजक नियुक्त गरेको छ।
- बैठकले यस पालि एम्पायर हल को फुल प्याकेज लिने निर्णय गरेको छ जसको जिम्मा पुर्व अध्यक्ष राम कुमार गुरुङ ज्युलाई दियिएको छ।
- बैठकले बर्सिक चेलीबेटी भेटघाट कार्यक्रमको सुल्क यस प्रकार निर्णय लिएको छ :
क. अनिवार्य सबै सदस्यज्युहरुले तिर्नु पर्ने शुल्क :
- एकल सदस्य नबिकरण सुल्क = £५
- अन्य (जोडी ) सदस्य नबिकरण शुल्क = £१०
- चेलीबेटी पार्टी योगदान शुल्क = £४०
ख . पार्टी शुल्क ( यो शुल्क पार्टीमा उपस्थित सबैले तिर्नु पर्ने शुल्क हो | कुनै कारण बस उपस्थित हुन नसके यो शुल्क तिर्नु पर्दैन ) :
- अडल्ट १८ बर्ष देखि माथि = £२५ प्रति व्यक्ति
- १० -१७ बर्ष = £१० प्रति व्यक्ति
- ७० – ७९ बर्ष = £१० प्रति व्यक्ति
- १० बर्ष भंदा मुनि = निसुल्क
- ८० वर्ष देखि माथि = निसुल्क
- नेपाल वा बिदेसबाट UK घुम्न आउनु भएको अतिथि : निसुल्क
९. अन्य जिम्माहरु :
- पानस र समाज ब्यानर – खुमराज गुरुङ
- खाता – अध्यक्ष डम्बर गुरुङ
- फोटो प्रोजेक्टरबाट देखाउने – पुर्न गुरुङ
- कलाकार संयोजक – ओम गुरुङ ( एक महिला कलाकार ल्याउने। कलाकार रकम सिरुबंदीबाट उठेको रकम दिने )
- मनोरञ्जन कार्यक्रम संचालन – निरजंग गुरुङ
- राफल ड्र संचालक – इन्द्र कुमार गुरुङ / निरजंग गुरुङ
१०. पार्टी समय तालिका :
- सदस्यहरु पार्टी हल आइपुग्नु पर्ने – ११:०० am
- गेस्ट आगमन – १२:०० am देखि १२:३० pm भित्र
- स्टाटर खुल्ने – १२:३० pm देखि ३:०० pm सम्म
- औपचारिक कार्यक्रम सुरु – २:०० pm
- खाना खुल्ने – ५:०० pm
- मनोरंजन कार्यक्रम – ६:०० pm
- #राफल ड्र – ८:०० pm
- पार्टी समाप्ति – ९:०० pm
११. अन्त्यमा बैठकमा उपस्थित भइ केहि महत्वपूर्ण निर्णयहरु लिन सहयोग पुराउनु भएकोमा उपस्थित सबै सदस्यज्यूहरुलाई धन्यवाद ज्ञापन गर्नु हुँदै अध्यक्ष डम्बर गुरुङज्युले पार्टी सफल बनाउन सबैले आ आफ्नो जिम्मा पुरा गर्नु हुन अनुरोध गर्नु भयो। अर्को बर्ष फरक किसिमले पार्टी कसरि आकर्सित बनाउने सबैले बिचार गर्नु हुन पनि अनुरोध गर्नु भयो।
१३. आज बैठकको कुल खर्च £३१४ समाजको खाताबाट लियिएको छ।
द्वारा हस्ताक्षर
टिकाराम गुरुङ
सचिब
मौजा विजयपुर समाज UK
Please visit our Facebook Post
