मौजा बिजयपुर समाज यू के – १४ औ बर्षिक भेटघाट कार्यक्रम
Posted by: Ram Kumar Gurung on 25 June 2023
प्रमुख सल्लाहकार ज्यू, सल्लाहकार ज्यूहरू, कार्यसमितिका सम्पूर्ण साथीहरू, गाउले प्रतिनिधि ज्यूहरू, सदस्य ज्यूहरू , चेलिबेटी ज्यूहरू, ज्वांई साहेव ज्यूहरू, गांउले दाज्यूभाईहरू, यूके भ्रमणमा रहनु भएका पाहुना ज्यूहरू सबै सबैमा धन्यबाद नमस्कार ।
समग्रमा १८ जुन २०२३ मा सुसम्पन्न, हाम्रो समाजको यस बर्षको चेलिबेटी सम्मान तथा भेटघाट कार्यक्रममा केही कमि कम्जोरीलाई नजर अन्दाज गर्दा कार्यक्रम सफल रहेको महशुस गरे। यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष भूमिका निर्वाह गर्नु हुने सबैमा समाजको अध्यक्षको हैसियतले धन्यवाद ज्ञापन गर्न चहान्छु।
सर्व प्रथमत सम्पूर्ण चलिबेटी ज्यूहरू र उहांहरूको परिवारहरू प्रति आभार व्यक्त गर्न चहान्छु हाम्रो निमन्त्रणालाई स्वीकार गरी कार्यक्रमको शोभा बढाई दिनु भयो। चेलिबेटी सम्म खबर सम्प्रेशन गराई उपस्थिती गराउन सफल रहनु हुने १० ओटै गाउका प्रतिनिधि ज्यू संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार बिल बहादुर गुरूगं, पूर्व उपाध्यक्ष तथा सल्लाहकार खुमराज गुरूगं, संचार सचिव पूर्ण बहादुर गुरूगं, तिलक बहादुर गुरूगं, याम बहादुर गुरूगं, टंक प्रसाद गुरूगं, बिन्दुराज गुरूगं, धन बहादुर गुरूगं, चुनक बहादुर गुरूगं र पूर्ब अध्यक्ष एक बहादुर गुरूगंका श्रीमति राम कुमारी गुरूगं ज्यूहरू प्रति सम्मान सहित मुरी मुरी धन्यवाद ज्ञापन गर्न चहान्छु।
कार्यसमितिका साथीहरू प्रति बिशेष धन्यवाद ज्ञापन गर्न चहान्छु। उपाध्यक्ष ज्यू सचिव ज्यू सल्लाहकार ज्यूहरू , गाउले प्रतिनिधि ज्यूहरू, कोषाध्यक्ष ज्यू , सदस्य ज्यूहरू र महिला दिदी बहिनी ज्यूहरू सबैमा धन्यवाद ज्ञापन गर्दछु। सुरू देखि हल बुकिगं देखि स्टोरेजको लागि खुमराज दाई, खानाको व्यवस्थापनको लागि ओम सोल्टी, पेया पदार्थको लागि सहयोगी भान्जा बाबू दिक्पाल गुरूगं, कार्यक्रमको दिन सहयोग पुरयाउनु हुने सम्पूर्ण स्वयंसेवक समाजका सदस्य ज्यूहरू र कार्यक्रमको मुख्या संयोजक ईन्द्र कुमार सोल्टी ज्यू सबै सबैमा धन्यवाद अर्पण गर्न चहान्छु।
खानामा चटपट स्पेशल रह्यो, फ्राई माछा देखि सेलरोटी सम्म रातो दाल देखि तरूल सम्माको खाना साथमा नानीबाबूको लागि चिकेन् नगेज पनि, राम्रो लाग्यो मात्र खाना कागजको थालमा खानु परयो यसलाई आउदो बर्षहरूमा सोचनिय बिषय बन्छ होला जस्तो महशुस गरे। पेया पदार्थ पनि सबै प्रकारको पुरयाउने प्रयास रह्यो, सबैले आनन्द लिनु भयो होला भन्ने आशाबादीमा दिल खुश भएको छ।
औपाचारीक कार्यक्रमलाई सक्दो छोट्याउने प्रयासमा चेलिबेटी तर्फबाट मिठा भनाईहरू श्रवण गर्ने अवसर मिल्यो धन्यवाद पनम बहिनी तर ज्वांईहरूको मिठास् बांणी श्रवण गर्ने मौका चुकाऔं अर्को बर्ष बिचारणिय बिषयमा थपिन गएको महशुस् गरे। नेपालबाट यूके भ्रमणमा रहनु हुने ईष्टमित्रलाई स्वागत र सम्मान गर्न पाउंदा अति उत्साहित भए तर मेरो कान्छी आथें ( चेलिबेटी डिही गांउ) र मेरो स्कूले साथी बुद्द सोल्टीलाई छुटाउन पुगेछ यसमा दु:ख लागि रहेको छ र माफी माग्न चहान्छु वहांहरूसंग।
दोश्रो चरणको कार्यक्रम शिलशिलाबार तबरले संचालन गरी सहभागी सबैजनालाई मनोरन्जन दिलाउन सफल रहनु भएका कार्यक्रम संचालिका अन्जना बहिनीलाई बिशेष धन्यवाद ज्ञापन गर्दै ईशा नानी, सुमन नानी, चित्र सोल्टी खम्बीर जंगज्वांई साप र जिबन भाई र अन्जना बहिनी लगायत डिजे नम्बरी लेख थापा जी लाई धन्यवाद व्यक्त गर्न चहान्छु।
बिभिन्न अकर्सक राफल पुरस्कार प्रायोजन गर्नु हुने सबै प्रायोजकहरू , भाग्यशाली व्यक्तित्व ज्यूहरू जसले प्राप्त गर्न सफल रहनु भयो, राफल टिकट बिक्री गर्नुहुने नानीहरू रोशनी, चेल्सि, सरू र सबि। सहयोगी उषा बहिनी ईशा भान्जी र व्यवस्थापन र कुशल संचालक ईन्द्र कुमार सोल्टी नामराशी ज्यूलाई मुरी मुरी धन्यवाद ज्ञापन गर्न चहान्छु।
कार्यक्रमको मुख्य पाटो आर्थिक पक्ष पनि राम्रै रहेको जानकारी कोषाध्यक्ष बिरकाजी सोल्टीले कार्यक्रमको भोलीपल्टै छर्लगं तबरले हाम्रो माझमा राखी दिनु भएको छ, सोल्टी ज्यूलाई धन्यवाद नदिईरहन यो मनले मान्दै मानेन धन्यवाद सोल्टी ज्यू।
नयां सदस्य ज्यूहरू सोल्टी निरजगं र ज्योती बहिनी र सोल्टी सुर्य र रेणुका बहिनी लाई समाजमा स्वागत गर्न पाउंदा अत्यन्त खुशी छु सम्मान व्यक्त गर्न चहान्छु। नर्सिंग अध्यायन पुरा गर्नु हुनेसोल्टीनी परिक्षा र आफ्नो क्यारियर निर्माण गर्ने छोरा अबिरल प्रति बधाई तथा शुभकामना व्यक्त गर्न चहान्छु। साथै सबै जनालाई आशिर्वाद प्रदान गर्दै सम्मान गरी दिनु हुने प्रमुख अथिति आउमो कुल बहादुर गुरूगं प्रति सम्मान सहित धन्यवाद ज्ञापन गर्न चहान्छु।
ढिला गरी शुरू भएको समाजको औपाचारिक कार्यक्रमको पानसमा दिप प्रज्जलन गर्नु हुने प्रमुख अथिति कुल बहादुर गुरूगं ज्यू, जेष्ठ ज्वांई देबि बहादुर गुरूगं ज्यू , एन आर एन ए यूकेका पूर्व अध्यक्ष बहिनी पुनम गुरूगं र म स्वयम, नेपाल र बेलायत दुबै देशका राष्ट्रिय गीतबाट शुरू गरिएको औपाचारिक कार्यक्रममा समाजका सदस्य बिजय गुरूगंको बाबा लगायत सम्पूर्ण हामी गुमाउन पुगेका आफन्तको संझनामा मौनधारणा गरिएको कार्यक्रमको संचालन समाजका सचिव जिवन गुरूगंले संचालन गर्नु भएको थियो भने सभापतित्व समाजका अध्यक्ष राम कुमार गुरूगंले गर्नु भएको थियो।
धन्यवाद। सबैको जय होस्। जय मौजाबिजयपुर समाज यूके।
श्री राम कुमार गुरुङ
अध्यक्ष
मौजा बिजयपुर समाज यू के
यस समाजका ज्वाई, श्री पर्त दर्जी ज्युले समाजअको नाममा पठाउनु भएको सन्देश – 7 October 2022
समय गतिशील छ।समय नै धन हो समयनै जिबन हो भन्ने कुरामा हामी मान्यता राख्ने गर्छौ र सायद यथार्थ यहि हो जस्तो पनि लाग्छ।बर्तमन त सारै महत्त्वपूर्ण हुन्छ नै, भुतकालका पल हरु अति अबिस्वास्निय हुन्छन। जस्मा हाँसो, खुशी,रोदन, पिडाका पानाले रंगिएका हुन्छ भन्छन् तेसैलेनै भुतकाल सम्झ्ना योग्य भएर सधै यादगार बन्ने गर्छ जिबनमा। भबिस्य अकल्पनीय अशोचनिय र उज्ज्वल पनि हुन्छ भन्ने गर्छन्। जेहोस समयलाई जसरी बख्या गरे पनि अजा म अबिस्वास्निय क्षणको कुरा गर्न मन लाग्यो। गत August 27 गतेको दिन मौजा बिजयपुर समाजद्वारा अयोजित बार्षिक भेटघाट कार्यक्रममा सरिक हुने एक शुभ अबसर मिलेको थियो। कार्यक्रम आयोजक ईन्द्र कुमार गुरुङ ज्युको निर्देशन र ब्याब्स्थ्पनमा अयोजित कार्यक्रम अति उदाहर्निय, प्रशांसनिय र पुर्ण रूपमा सफल भएको अनुभुति भयो। निकै लामो समय पछि युकेको ब्यस्त दैनिकी बाट टाढीएर रमाइलो गर्न पाउदा साँच्चै मनै बाट हर्शित भएका थियौ सारै रमाइलो र मज्जा आयो। बिशेष गरि यस् कार्यक्रममा म र मेरो परिवारलाई छोरी ज्वाईको हिसाबले निमन्त्रणा गरी हामिलाई होस्ट गर्नु भएका अदर्निय मामा पुर्ण बहादुर गुरुङ ज्यु माईज्यु,मामा बुद्धि बहादुर गुरुङ ज्यु साथै बहिनी अन्जना गुरुङ ज्यु लाई ससम्मानको साथ हृदय देखि धन्यवाद टक्राउन चाहन्छु। सबै भन्दा ठुलो कुरा त मेरो स्यानो प्रयास र कृति (सिन्की आचार )लाई पहिचान गरि मौजा बिजयपुर समाजले यत्रो ठुलो सम्मान दिनु भएकोमा म यहाँ हरु सम्पुर्ण मौजा बिजयपुर समाज प्रति हृदय देखि नै आभरीको साथ कृतज्ञता व्यक्त गर्न चाहान्छु। बिशेश गरि म र मेरो परिवारको लागि यो भेट घाट अति बिशेश रहयो। मुख्यत मेरो श्रीमतीले आफ्नो बाल्यकालका प्रिय् शिक्षिका हरु सँग भालकुसरी गर्ने सुनौलो मौका जुर्यो,भनी मेरो लागि झनै बिशेष रहयो। समाजका अध्यक्ष स्र्दय राम कुमार गुरुङ ज्यु लगायत ओम गुरुङ , ईन्द्र कुमार गुरुङ, धर्म गुरुङ, डम्बर गुरुङ,टंक गुरुङ, तृबिन गुरुङ, चोक गुरुङ मन्जु गुरुङ जुन हामी हिमालय माध्यमिक बिद्यालयका पुर्ब बिद्यार्थी को ठुलो जमातमा लामो अन्तरराल पछि यसरी भेट हुन् पाएकोमा साँच्चै आनन्द आयो। साथै अदर्निय दाजु बिन्दु राज गुरुङज्यु र वहाँको परीवार,वीर काजी गुरुङज्यु र जिबन गुरुङज्यु लागयत सबै ईस्ट्मित्र हरु सँग भेट्घाट हुने ठुलो मौका जुराई दिनु भएकोमा मौजा बिजयपुर समाजलाई मनै देखि धेरै धेरै धन्यवाद अर्पण गर्दछु। सुरुमै समयको कुरा गरेर अहिले यो पोस्ट राख्दा साँच्चै बेमौसमी बाजा बाजेको जस्तो महसुस पक्कै भएको छ। हजुर सम्पुर्णले यसलाई निकै ढिलो भएपनि आफ्नै सम्झी माफी दिनु हुनेछ भन्ने आशा राख्दै सम्पुर्ण मौजा बिजयपुर समाजका सम्पुर्ण परिवारमा “२०७९ सालको बडा दशैंको पुनित उप्लक्ष्यमा यहाँहरुको शुख, सुस्वस्थ,समृद्दी र दिर्घयुको शुभकामना व्यक्त गर्न चाहान्छु!!! दुर्गा मातले सबैको कल्याण गरुन्
पर्त दर्जी +परिवार
Posted by Chairman of Mauja Bijayapur Samaj, UK, Ram Kumar Gurung on 2 September 2022
सबै जनामा नमन।
जसोतसो हाम्रो समाजको बार्षिक भेटघाट तथा चेलीबेटी सम्मान कार्यक्रम सम्पन्न भएको छ। आशा छ सबै जनाले रमाईलो मान्नु भयो होला गर्नु भयो होला। हामी सबैको प्रयासले समर्गमा सफल नै भन्न मिल्छ होला केही सुधार गर्नु पर्ने थपघट गर्नु पर्ने कार्यक्रमलाई छलफलमा राखौं र अगामी दिनहरूमा प्रयासरत रहने नै छौं। प्रमुख सल्लाहकार ज्यू, सल्लाहकार ज्यूहरू, कार्यसमितिका सम्पूर्ण साथीहरू, गाउले प्रतिनिधि ज्यूहरू, सदस्य ज्यूहरू , चेलिबेटी ज्यूहरू, ज्वांई साहेव ज्यूहरू, गांउले दाज्यूभाईहरू, बिभिन्न देशमा बस्नुहुने यूके भ्रमणमा रहनु भएका पाहुना ज्यूहरू सबै सबैमा धन्यबाद स्वागत नमस्कार॥ विश्वमा चलेको लामो समयको विषम परिस्थितिले हाम्रो समाज पनि अछुतो रहन सकेन फलस्वरूप करिब तिन बर्ष पछिको समाजको पहिलो कार्यक्रममा ठूलै सहभागिताको आशा गरीए जस्तो हुन नसकेता पनि राम्रै सहभागिता रहन गयो समाजका दश वटै गांउका गांउले प्रतिनिधि ज्यूहरू खुमराज दाई , याम सोल्टी, तिलक सोल्टी, टंक प्रसाद बाजे, बिन्दुराज दाई , धन सर , चुनक सोल्टी, पूर्ण आउमो, नरेश सोल्टी र प्रमुख सल्लाहकार पूर्व अध्यक्ष बिल दाई प्रति हार्दिक अभार प्रकट गर्दछु। सम्पूर्ण चेलीबेटी ज्यूहरू ज्वांई साहेव ज्यूहरू साथमा पुनम बहिनी र कमल दाई प्रति अभार व्यक्त गर्दछु। प्रमुख अतिथिको भुमिका निर्वाह गर्नु हुने बाबा देबी बहादुर त्यसै गरी बिशेष अतिथि मामा सोम बहादुर माइज्यू पबित्रा अतिथि ज्यूहरू भिम सोल्टी ईन्द्र सोल्टी प्रति अभार व्यक्त गर्दछु आफ्नो अमूल्य समय प्रदान गर्नु भै कार्यक्रमको शोभा बढाई दिनु भयो धन्यवाद छ।
आर्थिक व्यवस्थापन सबल बनाउनु हुने सोल्टी बिरकाजी , पाहुना व्यवस्थापनमा डम्बर सर, त्रिबिन कान्छा, अन्य युवा भाईहरू, खता व्यवस्थापन तर्फ उषा बहिनी पुष्पा बहिनी ईशा नानी , पेया पदार्थ व्यवस्थापन तर्फ चोक बाबु तिलक भाई साथै सबै सहयोगी हातहरू धन्यवादको पात्रहरू हुनुहुन्छ धन्यवाद सबै जनालाई। कार्यक्रमलाई मनोरन्जन बनाउन सहयोगी नानीहरू मलिशा स्वेता रोशनी चेल्शी ईशा मिना अन्जना मोटी बहिनी चित्र सोल्टी र अन्य कलाकारहरू र जिवन भाई नं १ सबैमा धन्यवाद र वहांहरूलाई सम्मान गर्न छुटेकोमा माफी चहान्छु। बिशेष अतिथि सोम सरलाई पूर्व बिधार्थीको तर्फबाट स्वागत सम्मानको व्यवस्थापन को जिम्मेवारी पुरा गर्नु हुने ओम सोल्टी प्रति अभार व्यक्त गर्दै सो कार्यक्रममा सहभागी सबैजनालाई धन्यवाद।
कार्यक्रमको शुरूवाती देखि औपाचारिक मनोरन्जनात्मक कार्यक्रमको अभिभारा सरल सजक रूपमा सम्पन्न गर्नु हुने बहुआयमिक व्यतिक्त्व टिकाराम भाई जीवन भाईलाई हृदय देखि नै धन्यवाद, ब्यानर र पानश व्यवस्थापन गर्नु हुने खुमराज दाई लाई धन्यवाद। कार्यक्रमलाई ओजपूर्ण बनाउन निर्देशक र संयोजनको भूमिका निर्वाह गर्नु हुंदै पटक पटक झगझगाई रहनु हुने र भागयसाली राफल चिठ्ठा व्यवस्थापन र सिंगो कार्यकर्मको व्यस्थापन गर्नु हुने ईन्द्र कुमार सोल्टी नामराशी ज्यूलाई धन्यवाद नदिईरहन सक्दिन मुरीमुरी धन्यवाद।
नयां सदस्य बन्नु हुने सम्पूर्ण सदस्य ज्यूहरूलाई स्वागत, बिभिन्न बिषयहरू बिभिन्न तहका बाबुनानीहरूलाई बधाई भर्खर जन्मनु भएका बाबुनानीलाई स्वागत बधाई सहित धन्यवाद ज्ञापन गर्दछु।
अन्तमा आफ्नो गांउले प्रतिनिधिको जिम्मेवारी पुरा गर्दै हरेक बर्षहरूमा झै खाना पिनाको प्रवाह नगरी सबैलाई क्यामेरा भित्र कैद गर्न तल्लिन यसपटक सम्मान पत्र कदर पत्र प्रशंसा पत्र डिजायन गर्न रातोदिन खटिनु हुने आदरनिय व्यतिक्तव पूर्ण आउमो प्रति सम्मानका साथ धन्यवाद व्यक्त गर्दछु। भवन , बजाउने सामान र खाना उपलब्ध गराउनु हुने एम्पायर हल टिमलाई धन्यवाद ज्ञापन गर्दै व्यस्तताको कारण ढिलो हुन गएकोमा क्षमा प्रार्थी हुंदै यदी छुट्न कोही कतै छुट्न गएमा माफी चहांदै यही सेप्टेम्बर १७ ,११ बजे बिहान गोरखा प्यालेशमा भेटौं सबैलाई निम्तो र स्वागत गर्दै भावी नेतृत्व चयन गरौं भन्दै भुलचुक माफी चहान्छु। धन्यवाद। धन्यवाद॥धन्यवाद।।।
हजुरहरूको सेवक
राम कुमार
Raffle Draw sponsors – 13th Mauja Bijayapur Samaj UK on Saturday, 27th August 2022