






Updated: 15 July 2026
१८ जनवरी २०२० का दिन बसेको वार्षिक साधारण सभाले समाजको वेबसाईट निरन्तर राख्ने निर्णय भए संगै समाजका सस्थापक अध्यक्ष तथा हालको प्रमुख सल्लाहकार श्री बिलबहादुर गुरुङ र उहाँको धर्म पत्नी श्रीमती तारादेवी गुरुङ ज्युले समयको माग अनुसार समाजको लागि एउटा वेबसाईट आवस्यक रहेको मन्तब्य राख्नु हुदै वर्ष २०२०/२१ को लागि उहाँहरुले समाजको वेबसाईट प्रयोजन गर्नु हुने बचन दिनु भयो र उहाँहरुको प्रस्तावलाई उक्त दिनको सभाको सर्बसम्मतिले स्वागत गर्नुका साथै उहांहरु प्रति हार्दिक आभार र धन्यवाद ब्यक्त गरिएको थियो।
यस्तै प्रकारले त्यसै दिनको AGM मा २०२१/२२ को लागि कोषाध्यक्ष श्री बिरकाजी गुरुङ तथा उहाँको धर्म पत्नी श्रीमती रचना गुरुङ ज्युले प्रयोजन गर्नु हुने कुरा बचन दिनु भयो र उहाँहरुको योगदानलाई उक्त दिनको सभाले ताली बजाएर हार्दिक आभार सहित धन्यवाद ब्यक्त गरिएको थियो।
17 April 2021 मा सुसम्पन्न zoom meeting मा विभिन्न बिषयहरुमा छलफल र निर्नयहरु भए संगै अध्यक्ष राम कुमार गुरुङज्युले समाजको Website 2022/23 को लागि नबिकरण सुल्क प्रायोजन गर्नु हुने वचन दिनु भयो। उक्त meeting मा सहभागीहरु सबैले उहाँको समाज प्रतिको यस योगदानलाई कदर गर्दै उहाँ र उहाँको धर्म पत्नी श्रीमती माला गुरुङलाई हार्दिक आभार सहित धन्यवाद ब्यक्त गरिएको थियो।
गत सालको AGM मा विभिन्न बिषयहरुमा छलफल र निर्नयहरु भए संगै सचिब श्री टिका राम गुरुङज्युले समाजको वेबसाईट 2023/24 को लागि नबिकरण सुल्क प्रायोजन गर्नु हुने वचन दिनु भयो। उक्त meeting मा सहभागीहरु सबैले उहाँको समाज प्रतिको यस योगदानलाई कदर गर्दै उहाँ र उहाँको धर्म पत्नी श्रीमती सोनी गुरुङलाई हार्दिक आभार सहित धन्यवाद ब्यक्त गरिएको थियो।
Website संचालक, मिडिया सचिब पूर्ण गुरुङले पनि २०२४/२५ को लागि website hosting शुल्क प्रयोजन गरेको सूचना यसै page बाट जानकारी चाहन्छौं।
1 December 2024 मा सुसम्पन्न AGM meeting मा विभिन्न बिषयहरुमा छलफल र निर्नयहरु भए संगै श्री धन बहादुर गुरुङज्युले समाजको website 2025/26 को लागि नबिकरण सुल्क प्रायोजन गर्नु हुने वचन दिनु भयो। उक्त meeting मा सहभागीहरु सबैले उहाँको समाज प्रतिको यस योगदानलाई कदर गर्दै उहाँ र उहाँको धर्म पत्नी बेल कुमारी गुरुङलाई हार्दिक आभार सहित धन्यवाद ब्यक्त गरिएको थियो। फोटो प्राप्त नभएको र फोटोको प्रतिक्ष्यामा रहेको जानकारी चाहन्छौं।
२५ अप्रिल २०२६ मा सुसम्पन्न AGM मा विभिन्न बिषयहरुमा छलफल र निर्नयहरु भए संगै अध्यक्ष श्री डम्बर गुरुङज्युले समाजको Website २०२६/२७ (३१ जनवरी २०२७ सम्मको ) नबिकरण सुल्क प्रायोजन गरि सक्नु भएकोले, उक्त meeting मा सहभागीहरु सबैले उहाँको समाज प्रतिको यस योगदानलाई कदर गर्दै उहाँ र उहाँको धर्म पत्नी श्रीमती कृष्ण गुरुङलाई हार्दिक आभार सहित धन्यवाद ब्यक्त गरिएको जानकारी चाहन्छौं।
यसै गरि सोहि दिन, २५ अप्रिल २०२६ मा सुसम्पन्न AGM मा समाजको सल्लाहकार तथा लामडाँडा गाउँ प्रतिनिधि श्री खुमराज गुरुङज्युले समाजको Website २०२७/२८ (३१ जनवरी २०२८ सम्मको ) नबिकरण सुल्क प्रायोजन गर्नु हुने बचन दिनु भएको जानकारी चाहन्छौं र उक्त meeting मा सहभागीहरु सबैले उहाँको समाज प्रतिको यस योगदानलाई कदर गर्दै उहाँ र उहाँको धर्म पत्नी श्रीमती गीता गुरुङलाई हार्दिक आभार सहित धन्यवाद ब्यक्त गरिएको जानकारी चाहन्छौं।
यसरि नै एक पछि अर्को गर्दै उहांहरु पछि धेरै समाजको शुभ चिन्तकहरु वेबसाईट प्रयोजन गरि समाजलाई योगदान गर्नु हुनेछ भनि आशा राख्दछौं साथै कार्य समितिका पदाधिकारीहरु मात्र नभएर सम्पूर्ण समाजका शुभ चिन्तक महानुभाब, चेली बेटी, ज्वाईं हरु प्रति वेबसाईटमा राख्नको लागि विभिन्न बिषय बस्तुहरु जस्तै: समाज भित्रको गतिबिधि तथा सुचनाहरु, समाज संग सबन्धित कुराहरु, हाम्रो गाउँ घरको खबरहरु, फोटो भिडियो, कुनै सल्लाह सुझाबहरु दिएर मद्दत गरि दिन हार्दिक बिनम्र अनुरोध गर्दछौं। वेबसाईटमा कुनै कुरा राख्न चाहनु हुन्छ या कुनै सल्लाह सुझाब दिन चाहनु हुन्छ भने, कृपया वेब एडमिन, पूर्ण गुरुङ लाई सम्पर्क राख्नु हुन अनुरोध गर्दछौं। यहाँहरुको सहयोग प्रति धेरै धेरै धन्यवाद ब्यक्त गर्न चाहन्छौं। धन्यवाद
